चोलेन्द्रको महाअभियोग निष्क्रिय सबन्धी मुद्दामा आज सुनवाई हुँदै

काठमाडौं, जेठ ३ ।  तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सबन्धी रिटको सुनवाई आज संबैधानिक इजालासमा हुदैँछ ।

संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणा माथी लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संबैधानिक इजालासमा सुनवाई हुन लागेको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ ।

गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्