घट्यो लामो दुरीका सार्वजनिक यातायातको भाडा, कहाँको कति ? (सूचीसहित)

काठमाडौं, जेठ ३ ।लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाइएको छ। डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो।

यातायात व्यवस्था विभागतका अनुसार जेठ २ मा डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको छ ।

यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्