एमसीसी पारितपछि वैदेशिक हस्तक्षेप बढ्यो : झलनाथ खनाल
काठमाडौं, जेठ ३ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल प्रति वैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् । उनले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि अमेरिकन सक्रियता र चासो थप बढेको बताएका हुन् ।
बिहान काठमाडौँमा आयोजित ३० औँ मदन-आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसीसी पारित भए पछि अमेरिकन नेताहरू तारान्तर नेपाल आउन थालेका हुन । ‘एमसीसी पारित भए पछि अमेरिकन नेताहरू तारान्तार नेपाल आएका छन्, आउने बित्तिकै उनीहरू तिब्बतियनहरुलाई भेट्न पुग्छन् र गृहमन्त्रीलाई भेटेर उनीहरूको परिचय पत्र बनाउन लगाउँछन्,’ उनले भने, ‘यो सब भईरहेको विषयलाई गम्भीर रूपमा हेर्नुपर्छ, अमेरिकनहरूबाट खुल्लम खुल्ला रूपमा यस्तो वैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन ।’
पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखेल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने अवस्था आएको जनाएका छन् । भण्डारीले बैदशिक हस्तक्षेपका विरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस्