१० दलसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल

काठमाडौं, जेठ २ । सत्तारुढ १० दलीय गठबबन्धनको बैठक सकिएको छ। मंगलबार प्रधानमन्त्री कार्यालयमा सरकार समर्थित १० दलको बैठक बसेको हो।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ भने आगामी जेठ १५ गते बजेट ल्याउने तयारी छ।

आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको जनाइएको छ। बैठकमा सत्ता साझेदार दलका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए।

सत्तारुढ १० दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी, राष्ट्रिय जनमोचा, आम जनता पार्टी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्