आरजु र मञ्जुबारे कांग्रेसले भन्यो- मिडिया ट्रायल भयो , अडियो नक्कली हो
काठमाडौं, जेठ २ । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई कारबाही नगरिएको बारे प्रष्टीकरण दिएको छ ।
कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणले आफू निर्दोष सावित हुने बताएकाले पार्टीले तत्काल निलम्बन नगरेको बताएका हुन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेकाले निलम्बनको प्रक्रिया अघि नबढेको बताएका हुन् । यदि खाँण दोषी ठहरिएमा पार्टीले कारबाही गर्ने उनको भनाइ थियो ।
उनले नक्कली शरणार्थी प्रकरणका दोषी कोही पनि उम्किन नहुने बताए । सो प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्ने पनि उनले बताए ।
यस्तै उनले खाँणकी पत्नी मञ्जु खाँण कहाँ छिन् भनेर भनेर पार्टीले फलो गर्ने कुरा नभएको स्पष्ट पारे । यो प्रकरणमा देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणालाई पनि सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी देखाउन खोजिएको भन्दै उनले आपत्ति जनाए ।
मञ्जु खाणको अवस्था के हो ? भनी सोधिएको थियो । त्यसमा महतले कडा जवाफ दिए ।
उनले भने, ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरुमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ आरोपित हो न प्रमाणित छ ।’
आरजु र मञ्जुको बारेमा बोलिएको अडियो नक्कली भएको महतले दाबी गरे ।उनले भने, ‘यस्तो आयो भनेर सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी हो भन्नु भएन । यसमा कांग्रेसको गम्भीर ध्यानाकर्र्षण भएको छ ।















प्रतिक्रिया दिनुहोस्