एकै समयमा बस्यो १० संसदीय समितिको बैठक 

काठमाडौं , जेठ २ ।  संसदीय समितिहरू सक्रिय हुन थालेका छन् । प्रतिनिधि सभाको पहिलो बैठक बसेको करिब ६ महिनापछि १० वटै संसदीय समितिका बैठक एकै समयमा बसेका हुन् ।

सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश दिन आज प्रतिनिधि सभाका १० वटै समितिका बैठक राख्न भनेका थिए । सोही अनुसार आज समितिका ज्येष्ठ सदस्यहरूको अध्यक्षतामा संसदीय समितिहरूको बैठक बसेको छ ।

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा छन् ।

 

प्रतिक्रिया दिनुहोस्