पक्राउ पुर्जी जारी नै नभई किन प्रहरीकहाँ पुगे पूर्वसभासद शेर्पा?
काठमाडौं , जेठ २ । पूर्व-सभासद आङटावा शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको थाहा पाएको भन्दै उनी सोमबार परिसरमा उपस्थित भएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
कार्कीका अनुसार उनीविरूद्ध कुनै पक्राउ पुर्जी जारी भएको थिएन। तर समाचारहरूमा उनीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको भन्ने खबर पाएर त्यसबारे बुझ्न परिसर आएको उनले बताए।
‘उहाँविरूद्ध पक्राउ पुर्जी केही थिएन। विभिन्न मिडियामा हल्ला भएको थियो। थाहा पाएर उहाँ आफैं परिसरमा अनुसन्धानलाई सघाउँछु भनेर आउनुभएको हो,’ कार्कीले भने।
यस प्रकरणबारे शेर्पालाई थाहा भएका कुराहरू प्रहरीलाई बताउने भनेर नै उपस्थित भएको पनि उनले बताए।















प्रतिक्रिया दिनुहोस्