१० वटै संसदीय समितिहरुको बैठक आज बिहान बस्दै

काठमाडौं, २ जेठ। प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बिहान बस्दैछन् । १० बटै समितिका बैठक बिहान नौ बोलाइएको हो।

प्रतिनिधिसभा निर्वाचन भएको भएको छ महिनासम्म पनि संसदयी समितिहरु गठन हुन सकेको थिएन । संसदको मिनी संसद भनिने विषयगत संसदीय समितिहरू गठन नहुँदा विषयगत विद्येकहरु छलफल हुन सकेको थिएन । संसदीय समिति गठनपश्चात समितिहरु क्रियाशील भएको छन् । ।

सभामुख देवराज घिमिरेले कानून निर्माण र विद्येकमा छलफल गर्न संसदीय समिति क्रियाशिल बनाउन बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए ।

सभामुखको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति छन् ।

समितिका सभापति चयन नभइसकेकाले बैठकको अध्यक्षता हाल समितिका ज्येष्ठ सदस्यले गर्नेछन् । समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची बनाइएको छ ।

संसद सचिवालयमा दर्ता भई प्रतिनिधि सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई निष्कर्षमा पु¥याउनु संसदीय समितिको कार्यजिम्मेवारी हो । सभामा ठूलो संख्या हुने र सबै काम गहिरोसँग अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पु¥याउन चुनौती हुने भएकाले प्रभावकारी कार्यसम्पादन गर्न विश्वभर नै संसदीय समिति प्रणाली अभ्यासमा छन् । अधिकांश संसदीय समिति करिब २५ सदस्यीय हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्