राप्रपाको केन्द्रीय समिति बैठक भोलि विहान पुनः बस्ने

काठमाडौँ, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक भोलि विहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।

काठमाडौँको धूम्रवराहीमा शुरु भएको छ बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले बैठक भोल पुन : बस्ने गरी स्थगित गरिएको हो ।
बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गर्नुभएको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमा छलफल नेताहरुले बोल्ने क्रम सकिएको छैन् ।

उक्त प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, सम्बद्र्धनवादी विश्व संगठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्ुराष्ट्र संविधान विपरित नभएको विषय उल्लेख छ ।

त्यसैगरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिवशमा सरकारले बिदा उपलब्ध गराएर गल्ती सञ्चाएको, पछिल्लो पटक सरकारमा पार्र्टीको सहभागिताका विषय, सरकारमा ४० दिन रहदा गरेका कार्यकोबारेमा प्रतिवेदनमा विषय उल्लेख गरिएको छ ।

महामन्त्री धवलशम्शेर राणाले सांगठनिक प्रतिवेदन, सबै प्रदेश अध्यक्षबाट सांगठनिक गतिविधिबारे प्रतिवेदन, सचिवालय सम्बन्धी र आर्थिक
प्रतिवेदन पनि प्रस्तुत गरिएको छ ।

बैठक अवधिमा पार्टीको संगठनको रणनीति र कार्यनीति सम्बन्धी प्रस्तुत गर्नुहुने छ । मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा पेस गरिएका सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा
राखेपछि सुझावका आधारमा ती परिमार्जन गरिने छ । नेताहरुको सुझावका आधारमा पार्टीले आगामी दिनमा गर्ने कार्ययोजना निर्माण गरिने छ । कृष्णराज

प्रतिक्रिया दिनुहोस्