संसदमा सभामुखले सुनाए टोपबहादुर रायमाझी पक्राउ परेको सूचना
काठमाडौं, जेठ १ । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसद रायमाझी पक्राउ परेको सूचना सुनाएका हुन् ।
सभामुख देवराज घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख ३१ गते राति ८ः२५ बजे बुढानीलकण्ठ–४ बाट पक्राउ गरेर हिरासतमा राखेको सदनलाई जानकारी गराएका हुन् ।
रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीलाई पक्राउ गर्न २० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो । तर पक्राउ पुर्जी जारी भएसँगै रायमाझी फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्