बयानपछि बालकृष्ण खाँणलाई टेकु लगियो

काठमाडौं, जेठ १ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएको छ ।

आज (सोमबार) बयान सकिए लगत्तै उनलाई गाडीमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ । मिडियाको बाक्लो उपस्थिति भए पनि उनलाई कुनै प्रतिक्रिया दिन दिइएन । नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा अनुसन्धान गर्न खाँणलाई गएको वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो ।

आफू मन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुनःस्थापनाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन गायब पारेको र नक्कली प्रतिवेदन कार्यान्वयन गर्दै त्यसबापत लाभ लिएको आरोप खाँणमाथि छ । बयानका क्रममा उनले आरोप स्वीकार गरे /गरेरनन् भन्ने केही बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस्