सरकारी वकिलको कार्यालयमा खाँणको बयान सुरु

काठमाडौं , जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल काठमाडौंमा लगिएको छ ।

आइतबार खाँणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाँणलाई बयानका लागि लगेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो ।

पूर्वमन्त्री खाँणको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणमा पूर्व गृहमन्त्री खाँणको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनी गत साता पक्राउ परेका थिए ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्