प्रतिनिधिसभा बैठकमा आज भ्रष्टाचार निवारण विधेयक पेस गरिने

काठमाडौं, जेठ १ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची राखिएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यो विधेयक राष्ट्रिय सभाबाट भने पारित भइसकेको छ।

साथै आजको बैठकले संविधानसभा सदस्य पुरुषेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ। नेपाली कांग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका बस्नेतको वैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्