नक्कली शरणार्थी प्रकरण : आजदेखि खाँणको बयान, पक्राउ पर्नेको संख्या १३ पुग्यो
काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आज (सोमबार) देखि बयान हुने भएको छ ।
यसअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्व गृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार सकेको छ । योसँगै खाँणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्ने जनाइएको छ ।
अब आजदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणको बयान थालिने भएको हो । जिल्ला अदालत काठमाडौंले यो मुद्दा अनुसन्धानका लागि हिजो (आइतबार) खाँणविरुद्ध थप चार दिन समय दिएको छ ।
यसैबीच सोही प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री टोबहादुर रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन् । योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।















प्रतिक्रिया दिनुहोस्