प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
काठमाडौं, जेठ १ ।प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।
त्यस्तै जेठ १५ गते संसद्मा बजेट पेश हुनु अघि सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने लगायतको विषयमा पनि छलफल भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्