पूर्वगृमन्त्री खाणसहित १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, वैशाख ३१ – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा पक्राउ परेका १२ जनाविरुद्ध थप ४ दिनको म्याद थप भएको छ।
सबैलाई आज प्रहरीले म्याद थपका लागि अदालत लगेकोमा जिल्ला अदालत काठमाडौंले म्याद थपिदिएको हो।
यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खाणसहित उनका सहयोगी नरेन्द्र केसी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्द चौधरी, सन्दीप रायमाझी, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सानु भण्डारी, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सन्देश शर्मा र सागर राई छन्। यो गिरोहले करिब १ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ।















प्रतिक्रिया दिनुहोस्