गण्डकीमा मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले लिए शपथ
काठमाडौं, बेशाख २९ । गण्डकी प्रदेश सरकार विस्तार भएको छ । गण्डकी प्रदेशमा थप चार मन्त्रीले शपथ लिएका छन् ।
आज कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आलेले शपथ लिएका छन् ।
माओवादीबाट रेशम जुग्जालीले शपथ लिए । गत वैशाख १५ गते मुख्यमन्त्रीको शपथ लिएका सुरेन्द्रराज पाण्डेले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए ।
पाण्डेसहित गण्डकीमा कांग्रेसबाट स्याङ्जाकी सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिंखडा मन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्