गृहमन्त्रीलाई कांग्रेस युवा नेताहरूले भने : हामी साथमा छौँ, खुट्टा नकमाउनू

काठमाडौं, बैशाख २७।  नेपाली कांग्रेस रुपान्तरणका लागि देश दौडाहाको तयारी गरिरहेका तेस्रो पुस्ताका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन आग्रह गरेका छन्।

पार्टीकै केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउपछि सिंहदरबार पुगेका तेस्रो पुस्ताका नेताहरुले उनलाई कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिएका हुन्।

उनीहरुले सरकारले नक्कली भुटानी शरणाथी प्रकरणमा चालेको कदम प्रति आफूहरुको ऐक्यवद्धता रहेको बताए। यता  जवाफमा गृहमन्त्री श्रेष्ठले कांग्रेसका नेताहरुको साथले हौसला बढेको बताए।

गृहमन्त्री श्रेष्ठले कांग्रेसका नेताहरुसँग नक्कली शरणार्थी प्रकरणमा संलग्न जुन सुकै घराना र साइनोका भए पनि आफू प्रभावित नहुने पनि बताए।

भेटमा कांग्रेस केन्द्रीय सदस्य आचार्यसँगै अर्का केन्द्रीय सदस्य डा गोविन्द पोखरेल, युवा नेताहरु गुरुराज घिमिरे, रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, विनोद कायस्थलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्