पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं, बैशाख २७ ।कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।
काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।बुधबार दिउँसो पौने ३ बजे उनलाई जिल्ला अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो ।
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय मुख्य भूमिका खेलेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बताएको छ।
आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।















प्रतिक्रिया दिनुहोस्