फरार सांसद रायमाझीले संसद् सचिवालयलाई पठाए बिरामी भएको पत्र
काठमाडौं, बैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सांसद टोपबहादुर रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका छन् ।
संसद् सचिवालयका अनुसार प्रहरीले पक्राउ पुर्जी लिएपछि फरार रहेका सांसद रायमाझीले लिखित पत्र पठाउँदै आफू बिरामी भएको जानकारी दिएका हुन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीको पत्र प्राप्त भएको बताएका हुन् । पत्र प्राप्त भए पनि दर्ता नभएको सचिवालयले जनाएको छ ।
यता आजै एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ।
प्रतिक्रिया दिनुहोस्