एमालेका सचिव टोपबहादुर रायमाझी निलम्बन, आत्मसमर्पणको तयारी

काठमाडौं, बैशाख २७ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई बुधबार एमाले विज्ञप्ति जारी गर्दै पार्टीबाट निलम्बन गरेको जनाएको छ ।

एमालेले मंगलबार भएको सचिवालय बैठकले रायमाझीलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो । गत बिहीबार गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी भएका रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार रहेका छन् ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेपछि रायमाझीको विषयमा निर्णय लिन एमालेमाथि दबाब पर्दै आएको छ ।

यस प्रकरणमा प्रहरीले रायमाझीका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्