नेपाल प्रहरीका १२ एसएसपीको सरुवा
काठमाडौं , बैशाख २६ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णअनुसार प्रहरी मुख्यालयले १२ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। २५ वैशाखको मिति राखेर गृहमन्त्री श्रेष्ठले प्रहरीका १२ एसएसपीलाई विभिन्न स्थानमा सरुवा गरेका हुन्।
सरुवा हुने एसएसपीमा राजन अधिकारी, भोलाबहादुर रावल, मधुसूदन लुइँटेल, माधवप्रसाद श्रेष्ठ, मनोजकुमार यादव, डम्बरबहादुर विक, दीपेन्द्र घर्ती क्षेत्री (जिसी), किसनसिंह थापा, रेवती ढकाल, दीपककुमार बस्नेत र दिल्लीराज पन्त रहेका छन्।
यस्तै, अख्तियारका अधिकारीलाई कोसी प्रहरी तालिम केन्द्र विराटनगर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका रावललाई नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहा, जर्गाहाका लुइँटेललाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेशका श्रेष्ठलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मधेस प्रदेशका मनोजकुमार यादव प्रदेश प्रहरी कार्यालय सुनसरीमा सरुवा भएका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत विकलाई विपद् व्यवस्थापन कार्यालय, कर्णाली प्रदेश प्रहरी कार्यालयका जिसीलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा कार्यरत थापालाई नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रे सरुवा गरिएको छ।
यसैगरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय थपलियालाई लागूऔषध नियन्त्रण ब्यूरो, प्रदेश प्रहरी कार्यालय भैरहवाका ढकाललाई प्रशासन विभाग, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका बस्नेतलाई प्रदेश प्रहरी कार्यालय भैरहवा र मधेस प्रदेश प्रहरी कार्यालयका पन्त अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा भएका हुन्।















प्रतिक्रिया दिनुहोस्