पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं , बैशाख २६ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। उनलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको बीबीसीले जनाएको छ ।

इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल–कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्। उनको अवस्था भने सामान्य रहेको बताएको छ ।

इस्लामाबाद पुलिसले उनलाई धारा १४४ अनुसार कारबाही हुने बताइएको छ।

पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइयो। वकिल र सर्वसाधारणलाई यातना दिइयो। इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन्।

इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीशले गृह सचिव र आईजीलाई १५ मिनेटभित्र अदालतमा उपस्थित हुन आदेश दिएका छन्।’

प्रतिक्रिया दिनुहोस्