प्रधानमन्त्रीले बाेलाएपछि बालुवाटार पुगे देउवा र ओली

काठमाडौं, बैशाख २६ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ। प्रधानमन्त्री दाहालको आह्वानमा शिर्ष नेताहरुबीच भेटघाट भएको हो।

नेतात्रयबीचको भेटवार्ताको विषय सार्वजनिक भएको छैन। नक्कली शरणार्थी प्रकरणमा राजनितिक दल र तिनका शिर्षस्थ नेताहरुकै नाम मुछिन थालेपछि राजनितिक वृतमा तरंग पैदा भएको छ।

यसैबीच भएको शिर्षदलका नेतात्रयको आकस्मिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्