संसद बैठक बस्दै, आज पनि प्रि बजेटमै छलफल हुने
काठमाडौं, बैशाख २६ । आइतबारदेखि सुरु संसद बैठकमा आज पनि प्रि बजेटबारे छलफल हुने भएको छ। बर्खे अधिवेशनअन्तर्गत सोमबारदेखि प्रि बजेटमाथि छलफल सुरु भएको हो।
तर भुटानी शरणार्थी प्रकरणले सांसदको ध्यान र बोलि तानेको छ। सोमबार पनि यही विषयले संसदमा हंगामा भयो।
मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रि(बजेटमाथि छलफलको कार्यतालिका छ। बिहान १०ः३० बजेबाट सुरु हुने बैठकमा आइतबार संसद्मा पेस गरिएको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ।
बजेटका सिद्धान्त र प्राथमिकतामा सोमबार सांसदहरूले बोल्ने क्रम सकिएको छैन। आज पनि सांसदहरुले बजेटमाथी आफ्नो धारणा राख्नेछन्।
सांसदहरुले उठाएको प्रश्न र सुझावपछि सरकारका तर्फबाट अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्