ढाकाको ठाउँमा विन्दाबासिनी बनिन् संसद
काठमाडौं, बैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्रृ विन्दाबासिनी कंसाकारलाई निर्वाचन आयोगले सांसद बनाएको छ । सांसद ढाकाकुमार क्षेष्ठको रिक्त रहेको पदमा आयोगले कंसाकारलाई रास्वपाकाे काेटाबाट समानुपातिक सांसद बनाएको हो ।
विन्दाबासिनी कंशाकार सांसद हुने निर्णय आयोगले अघिल्लो साता नै गरेकाे बताइएको छ । कंसाकार आधिकारीक रहेको रास्वपा नेता दीपक बोहराले जानकारी दिए ।
रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठको दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई निलम्वन गरेको थियो । श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद् बनाउन रास्वपाले निर्वाचन आयोगमा पत्र दिएको थियो ।
तर सोमबार रास्वपाले कारवाही गरेका सांसद डा. ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
निर्वाचन आयोगबाट कंशाकारले सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् । आइतबार उनले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र बुझेको आयोगले जनाएको छ ।
साथै, आयोगले कंशाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्