ढाकाकुमारले दिए सर्वोच्चमा उजुरी, आज सुनुवाइ हुने
काठमाडौं , बैशाख २५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमी बार्गेनिङ गरेपछि कारबाहीमा परेका रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठ सांसद पदमा पुनः बहालीको माग गर्दै सर्वोच्च पुगेका छन् ।
उनले प्रसाईँसँग २ करोड रुपैयाँको डिल गरेको अडियो सार्वजनिक भएको थियो । ७२ घण्टाभित्रै रास्वपाले उनलाई कारबाही गरेको हो ।
तर श्रेष्ठले संसदीय कानून विपरीत आफूलाई कारबाही गरेको भन्दै पुनः बहालीको माग गरेका हुन् ।
श्रेष्ठको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनी सांसदबाट हटेको सूचना सभामुखले संसद्लाई जानकारी गराइसकेका छन् । उनको ठाउँमा एसिड आक्रमणमा परेकी विन्दबासिनी कंशाकरलाई सांसद बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्