संविधान अस्पष्ट हुँदा नियमावली रोकियो

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिलाई महाभियोग लगाउँदा र विदेशी मुलुकसँग भएको सन्धिसम्झौता अनुमोदन गर्दा संघीय संसद् बैठक बस्नेबारे संविधानमा अस्पष्टता देखिएको छ ।

संविधानमा अस्पष्टता भएपछि प्रतिनिधिसभाको नियमावली मस्यौदा निर्माण रोकिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिलाई महाभियोग लगाउने र विदेशी मुलुकसँग भएको सन्धिसम्झौता अनुमोदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त वा छुट्टाछुट्टै बैठकबाट गर्ने भन्ने संविधानमा अस्पष्टता भएपछि नियमावली मस्यौला निर्माण रोकिएको हो

प्रतिक्रिया दिनुहोस्