बोलाइयो संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीश नियुक्त मुख्य एजेण्डा
काठमाडौं , बैशाख २५ । संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्न परिषदको बैठक आज साँझ ६ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
बैठकले प्रधानन्याधीश नियुक्त गर्ने सम्भावना छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की रोलक्रममा छन् । संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्तिम समयमा संवैधानिक परिषद सबन्धी ९संसोधन० विद्येयक पेश गर्ने सहमति भएपनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो ।
संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकार बुँदा थप गरेर विद्येयक ल्याइए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।















प्रतिक्रिया दिनुहोस्