हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइयो
संखुवासभा – संखुवासभामा सिम्रक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइतेलाई काठमाडौं पठाइएको छ । सेनाको हेलिकोप्टरले गम्भिर घाइते दुई जनालाई काठमाडौं ल्याएको हो ।
लुक्लाबाट सिम्रिकको हेलिकोप्टर पनि घटनास्थलमा पुर्याइएको थियो । दुर्घटना भएको स्थल भोटखोला गाउँपालिका–४ का वडाअध्यक्ष विकास तमाङले घाइतेलाई उद्धार गरिएको जानकारी दिए । गाउँ नजिकै दुर्घटनाकाले स्थानीय, जनप्रतिनिधि प्रहरी र नेपाली सेना समयमै पुगेर उद्धार गरेको बताउँदै वडाअध्यक्ष तामाङले भने, ‘उद्धार गरी घाइतेलाई काठमाडौं पठाइएको छ ।’
१ बजेर १० मिनेटमा हेलिकप्टर दुर्घटना भएको उनले बताए । दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते भएका छन् । अन्य दुई जना सकुशल रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्