संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, क्षति विवरण आउँदै

काठमाडौं– संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने गोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको छ।

धनकुटाको हिलेस्थित नेपाली सेनाको २ नम्बर वाहिनी अड्डाका अनुसार केही बेरअघि सो क्षेत्रमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र त्यसबारे थप जानकारी लिने प्रयास भइरहेको २ नम्बर वाहिनी अड्डाले जनाएको छ। अरुण तेस्रो विद्युत् आयोजना निर्माणका लागि सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ।

भोटखोला गाउँपालिका–४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिए पनि विस्तृत विवरण आइनसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्