नव नियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं, बैशाख २१ ।  नव नियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरूले शीलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका थिए । उनीहरूले आज शपथ ग्रहण गरेका हुन्

प्रतिक्रिया दिनुहोस्