प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, बैशाख २१ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।

तत्कालीन सात दलीय गठबन्धन सरकारबाट एमाले फागुन १५ गते बाहिरएपछि पहिलो पटक ओली र प्रचण्डबीच एक्ला एक्लै वार्ता भएको हो।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने र प्रतिपक्षमा लैजाने प्रतिस्पर्धा यी दुई नेताबीच चलिरहेको छ।

अर्कातिर नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेसहितका उच्च नेताहरु तानिन थालेका छन्।

त्यस्तै उच्च पदका कर्मचारी पनि यो प्रकरणमा तानिएका बेला सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताबीच वार्ता भएको हो।

 

प्रतिक्रिया दिनुहोस्