नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासन कार्यको महामन्त्री थापाले प्रशंसा गरे

काठमाडौं, बैशाख २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति समेतलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनले गरेको कार्यलाई  प्रशंसा गरेका छन।

उनले नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति भएपनि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेखेका छन, ‘अझै गहिरोसँग अनुसन्धान होस्,कोही नछुटुन,’ संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन ।’नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको पनि उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्