एक लाख घुससहित सडक उपभोक्ता समितिका अध्यक्षसहित तीन जना पक्राउ
काठमाडौँ – एक लाख रुपैयाँ घुससहित अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राजधानीको गोकर्णेश्वरबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुसान्त कुइकेल रहेका छन् ।
गोकर्णेश्वर नगरपालिका–३ स्थित सो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिन घुस मागेको उजुरी परेको थियो ।
उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरु लक्ष्मण अधिकारी, मोहन प्रसाद कुइकेल र सुसान्त कुइकेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । यस्तै उनीहरुको साथबाट ३० हजार रुपैयाँको चेक बरामद गरेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्