सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, बैशाख २० । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
नक्कली भुटानी शर्णार्थी बनाएर अमेरिका लैजान सहयोग गरेको आरोपमा पक्राउ परेका पाण्डेलाई बुधबार जिल्ला अदालत काठमाडौंले तीनदिन हिरासतमा राख्न अनुमति दिएको हो।
उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएसँगै उनी जिल्ला प्रहरी परिसर काठमाडौं आफैँ उपस्थित भएका थिए।
पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए। पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ।















प्रतिक्रिया दिनुहोस्