राष्ट्रपति पौडेलद्वारा मिटरब्याजीलाई कारवाही गर्न अध्यादेश जारी
काठमाडौं, बैशाख २० । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले मिटरव्याज जाँचबुझ आयोगसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
योअध्यादेश जारी भएपछि अब मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगलाई काम गर्न कानुनी अड्चन सकिएको छ ।
सरकारले यसअघि नै पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग’ ले गठन गरेर जनकपुरमा कार्यालय खोलेर काम सुरु गरिसकेको छ ।
मन्त्रिपरिषद्को गत चैत २० को बैठकले आयोग गठन गरेको भए पनि कानुनबिनै आयोगले काम थालिसकेको छ । आयोगमा आयोगमा पूर्वनायव महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी सदस्य छन् ।















प्रतिक्रिया दिनुहोस्