एमाले सचिव टोपबहादुर रायमाझी र छोराविरुद्ध पक्राउ पूर्जी
काठमाडौं, बैशाख २० । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।
यसअघि यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ७ जना पक्राउ परिसकेका छन्।
यो प्रकरणमा इन्द्रजितका छोरा निरज राई र बादलका छोरा प्रतीक थापाविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरिसेकको छ।
यसअघि प्रहरीले ललितपुर महानगरपालिका–२३ घर ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई पक्राउ गरेको थियो।















प्रतिक्रिया दिनुहोस्