सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने
काठमाडौं, बैशाख २० । सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो।
प्रतिक्रिया दिनुहोस्