रवि लामिछानेका सवारी चालक शम्भु थापाको निधन
काठमाडौं, बैशाख १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
वैशाख ४ गते बिहान करिब ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका थापाको सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ मा घर रहेको छ ।
३९ वर्षीय थापालाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि गत वैशाख ५ गते ललितपुरस्थित मेडिसिटी ल्याइएको थियो ।
उनको टाउकोमा गहिरो चोट लागेको थियो । भेन्टिलेटरमा उपचारकै क्रममा उनको मंगलबार निधन भएको छ ।















प्रतिक्रिया दिनुहोस्