क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाई !

काठमाडौं, बैशाख १९ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिदै देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भनेका छन्- एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।

देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

नेपालले आज सम्पन्न फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ र नेपाल एशिया कपमा छनौट भएको छ ।

प्रतिक्रिया दिनुहोस्