चैतमा मात्रै वैदेशिक रोजगारका लागि बिदेसिए ६१ हजार बढी नेपाली
काठमाडौं, बैशाख १९ । गत चैतमा मात्रै ६१ हजार बढी नेपाली वैदेशिक रोजगारका लागि बिदेसिएको तथ्र्याक वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ।
तथ्यांकअनुसार २०७९ चैतमा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुनः श्रम स्वीकृत गरी ६१ हजार ४ सय ७८ जनाले विदेश रोजगारका लागि श्रम स्वीकृति लिएका हुन्। यीमध्ये ५ हजार १३५ महिला र ५६ हजार ३४३ पुरुष रहेका छन्।
श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै धनुषाका छन् भने सबैभन्दा कम रुकुमका रहेको तथ्यांकले देखाएको छ।
विभागका अनुसार ७१९ वटा म्यानपावर कम्पनीले २७ हजार ८५५ जनाको संस्थागत श्रम स्वीकृति लिएका छन् भने ५ हजार ९४८ जनाले व्यक्तिगत पहलमा वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिएका छन्।
सरकारी प्रक्रिया अर्थात् जी टु जीमार्फत चैतमा १८० महिला र २ हजार ९५ जना पुरुष गरी २ हजा २७५ जनाले दक्षिण कोरिया जान श्रम स्वीकृति लिएका छन्।















प्रतिक्रिया दिनुहोस्