लुटपाट गर्ने उद्देश्यले पाण्डेको हत्या, लुटेको सिक्री ५५ हजारमा बिक्री
काठमाडौं, बैशाख १७ । चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको प्रहरीले बताएको छ।
आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गरेको पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएका हुन्।
हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो। उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ।
निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११/१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले बताए।

बिकले लुटेको सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पनि आचार्यले जानकारी दिए।

मृतक निरा आचार्य सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन्। त्यहाँ वैशाख ७ गते दिउँसो पौने ३ बजे र सवा ३ बजे बीचमा हत्या भएको थियो।
साढे ३ बजेतिर शव फेला परेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। निरामाथि कम्तिमा पनि १८ पटक धारिलो हतियार प्रहार भएको थियो।
त्यस्तै विक एक सातासम्म काठमाडौंमै बसेको खुलेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतवार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो।
विभिन्न डिस्कोमा यसअघि बाउन्सरका रुपमा काम गरिसकेका विनोद भक्तपुरको लोकन्थलीस्थित साथीको घरमा एक साता अघिदेखि बसेको खुलेको छ।
सीआईबीका प्रवक्ता एसएसपी दिनेश आचार्याले पत्रकार सम्मेलनका क्रममा यसअघि चाबहिलको एक डिस्कोमा बाउन्सरका रुपमा काम गरेरका विनोदले सरस्वतीनगरको सबै विवरण थाहा पाएकैले निरुलाई लुट्नकै लागि हत्या गरेको खुलेको बताए।















प्रतिक्रिया दिनुहोस्