सरकार र महावीर पुनबीच टोली गठन गरेर वार्ता अघि बढाउने सहमति
काठमाडौं, बैशाख १७ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच टोली गठन गरेर वार्ता प्रक्रिया अघि बढाउने सहमति जुटेको छ।
रक्षा मन्त्रालयमा भएको छलफलमा सरकार र पुनबीच टोली गठन गरेर वार्ता प्रक्रिया अघि बढाउने सहमति जुटेको हो।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँगको छलफल पछि पुनले बेलुकी ५ बजेभित्र वार्ता टोली गठन गरेर संवाद अघि बढाउने सहमति जुटेको जानकारी दिए।
पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा रक्षामन्त्री खड्काले आफूलाई बोलाएर वार्ता के–कसरी गर्ने भन्ने बारे सुझाव मागेको बताए।उनले छलफल सकारात्मक रहेको पनि प्रतिक्रिया दिए।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा बसेपछि उनीसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो।















प्रतिक्रिया दिनुहोस्