टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’

काठमाडौं, बैशाख १७ ।  नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (नेसनल आईसीटी डे २०२३) को अवसरमा ग्राहकहरुका लागि ‘आईसीटी डे अफर’ उपलब्ध गराएको छ।

सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको जनाएको छ। यो अफर आज वैशाख १७ देखि प्रारम्भ भएको छ र १९ गतेसम्म लागू हुनेछ।

यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ यही वैैशाख १९ गते मनाइँदै छ।

प्रतिक्रिया दिनुहोस्