खराब मौसमका कारण हवाई उडान प्रभावित
काठमाडौं, बैशाख १७ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै हवाई उडान प्रभावित भएका छन् ।
आइतबार बिहानैदेखि भिजिबिलिटी कम भएको तथा पानी समेत परेकाले ४५ मिनेटसम्म उडान डिले भएको विमानस्थलले जनाएकाे हाे । काठमाडौंमा यति बेला बादल लाग्नुका साथै पानी परिरहेको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् ।
कोलम्बोबाट काठमाण्डाै आएको श्रीलङ्कन एअरलाइन्सको जहाज आधा घण्टादेखि आकाशमा होल्डमा छ । यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एअरको जहाज पनि अहिले सिमरामाथिको आकाशमा होल्ड भएको छ । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।
शनिबारबाट सुरू भएको वर्षा अझै केही दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा देशका अधिकांश भू-भागमा आइतबार वर्षा भइरहेको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् ।
कोलम्बोबाट काठमाण्डाै आएको श्रीलङ्कन एअरलाइन्सको जहाज आधा घण्टादेखि आकाशमा होल्डमा छ । यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एअरको जहाज पनि अहिले सिमरामाथिको आकाशमा होल्ड भएको छ । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्