अध्यक्ष ओलीमाथि आक्रमण प्रति सरकार मौन भएकोमा पौडेलद्धारा आक्रोश व्यक्त
काठमाडौं , बैशाख १५ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन।
उपाध्यक्ष पौडेलले बिहीबार (हिजो) इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि अध्यक्ष ओलीसहितका नेताहरुलाई एम्बुस थापेर आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्तापक्षकै कार्यकर्ताहरू पनि सो आक्रमणको घटनामा सामेल भईरहेको सूचना आफ्नो पार्टीले पाएको जिकिर गर्दै यथार्थ जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे।
उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेहरूलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए। उनले सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न लाचारी र कायरता प्रदर्शन गरिरहेको भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए। उपाध्यक्ष पौडेलले सरकारलाई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि खबरदारी गरे।
प्रतिक्रिया दिनुहोस्