मिटर ब्याज पीडितलाई १५ दिनभित्र निवेदन दिन आयोगको आह्वान
काठमाडौं, बैशाख १४ । मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ।
बिहीबार आयोगले सुचना जारी गर्दै उपलब्ध भएसम्मका सम्पूर्ण प्रमाणसहित निवेदन दिन पीडितहरूलाई आग्रह गरेको हो।
प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको र वैशाख १७ देखि ३१ गते (१५ दिन) भित्र निवेदन दिइसक्न आयोगले भनेका छ।















प्रतिक्रिया दिनुहोस्