आज बस्ने भनिएको राष्ट्रिय सभाकाे बैठक स्थगित

काठमाडौं, बैशाख १४ ।  राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने भनिएको राष्ट्रिय सभाकाे बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो । बैठक शुक्रबार दिउँसाे ४ बजे बस्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालेको सचिवालयले जनाएको छ ।

बिहीबार बस्ने भनिएको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे थियाे ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्