धरहरा उद्घाटन भयो, सञ्चालनमा आएन
काठमाडौं, बेशाख १४ । वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भत्किएको धरहराको संरचना मात्रै ठड्याएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धुमधामका साथ उद्घाटन गरे ।
तर, उद्घाटनको दुुई वर्ष पुुग्दा समेत धरहरा हालसम्म सञ्चालनमा आउन सकेको छैन । मुख्य आकर्षणको केन्द्र मानिएको भिमसेन स्तम्भ, मुद्रा संग्रहालय र पार्किङस्थलकोे काम नसकिँदै प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गरेको भन्दै सोही समयमा आलोचना चुुलिएको थियो ।
तर, हालसम्म सडक व्यवस्थित बनाउने, बगैँचा निर्माण, बाहिरी भाग व्यवस्थित गर्ने, हरियाली बनाउने, ढुंगा छाप्नेलगायत कामहरु बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा कामदारहरू अझै काम गरिरहेका छन् । अझ सरकारले समयमा भुक्तानी नदिदाँ थप असहजता भएको निर्माण कम्पनीले बताउँदै आएका छ । धरहरा मात्रै होईन, धेरै सरकारी भवन र संरचना उद्घाटन भएको वर्षो बित्दा पनि सञ्चालनमा आएका छैनन् ।
सम्मेलन केन्द्रको पनि उही हालत
धरहरा मात्रै होईन, बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हालसम्म सञ्चालनमा आउन सकेको छैन । गत वर्षको भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलन केन्द्र हालसम्म सञ्चालनमा आउन नसकेको हो । सरकारले आफैं सञ्चालनको जिम्मा लिँदा व्यवस्थापन समस्या देखिने भएकाले समितिले निजी क्षेत्रलाई लिजमा दिने गरी कार्यविधिमा व्यवस्था गरिएको छ, सायद कार्यविधि छिट्टै स्वीकृत भएर आउँछ’ प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले भने । उनले आवश्यक कार्यविधि निर्माणमा भएको ढिलाईले पूर्ण रुपमा सञ्चालनमा नआएको दाबी गरेका हुन् । २९ सय जना अटाउन सक्ने क्षमता भएको उक्त हल साढे ६ बिघा जमिनमा फैलिएको छ । लामो सययको प्रयासपछि निर्माण सम्पन्न भएको उक्त केन्द्र सञ्चालनमा नआएको भन्दै आलोचना भइरहेको छ ।
महिनौसम्म पनि सञ्चालनमा आएन बाराको मालपोत कार्यालय
घरदैलो मै सेवा दिने उद्देश्य अनुरुप बाराको सिम्रौनगढमा स्थापना गरिएको मालपोत कार्यालय महिनौँ बित्दा सञ्चालनमा आउन सकेको छैन । साविकका २८ वटा गाविसका नागरिकलाई छिटो छरितो सेवा दिन स्थापना भएको कार्यालय हालसम्म सञ्चालनमा नआउँदा नागरिकले सास्ती भोग्नु परेको छ ।
सस्तो लोकप्रियताका लागि प्रधानमन्त्री तथा मन्त्रीहरुले भौतिक संरचनाहरुको शिलान्यास र उद्घाटन धमाधम गरेपनि धेरै संरचना भने सञ्चालनमा आउन सकेका छैनन् । कतिपय शिलान्यासको दशकौँसम्म निर्माण सम्पन्न हुुँदैनन् भने कतिपय उद्घाटनको वर्षोसम्म पनि सञ्चालनमा आउन सक्दैँनन् । कहिले कार्यविधिको अभाव देखाएर त कहिले विभिन्न विवाद देखाएर बनिसकेका संरचना समेत सञ्चालनमा नआउदा आलोचना स्वभाविक रुपमा हुने गरेकोमा अन्यथा मान्न सकिन्न ।















प्रतिक्रिया दिनुहोस्